RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/१० गते
९०३ पटक

१८ अर्ब रुपैयाँ बराबरको झण्डै तीन लाख मेट्रिक टन खाना पकाउने एलपीजी ग्यास आयात भएको छ ।
चिसो मौसमसँगै बजारमा ग्यासको खपत बढ्दै गएपछि ग्यासको आयात बढ्दै गएको हो । नेपाल आयल निगमका १५ फब्रुअरीसम्म १८ अर्ब रुपैयाँ बराबरको २ लाख ८९ हजार ९ सय ३४ मेट्रिक टन ग्यास आयात भएको हो । बजारमा ग्यासको खपत दिनप्रतिदिन बढ्दै गएकाले आयातमा पनि वृद्धि हुँदै गएको हो ।

अन्य समयको तुलनामा चिसो मौसममा ग्यासको माग धेरै हुने गरेकाले खपत बढ्दै गएको हो । बजारमा ग्यासको खपत बढेसँगै आयात पनि बढ्दै गएको नेपाल आयल निगमको भनाई छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले गएको फेब्रुअरी महिनासम्म १८ अर्बको खाना पकाउने ग्यास आयात भएको बताए ।
बजारमा ग्यासको खपत बढ्दै गएकाले पनि आयात बढ्दै गएको उनको भनाई छ । ग्रामीण क्षेत्रमा पनि खपत बढ्दै गएकाले बर्सेनी १५ देखि २० प्रतिशतका दरले ग्यासको आयात बढ्दै गएको उनको भनाइ छ । स्थानीय बजारमा ग्यासको खपत बर्सेनी १५ प्रतिशतका दरले बढ्दै गएको निगमको भनाई छ । मासिक रुपमा तिन सय चार अर्ब रुपैयाँ बराबरको ग्यास आयात हुने गरेको निगमको भनाई छ ।
उपत्यकामा लोडसेडिङ अन्त भएपनि खाना पकाउने एलपी ग्यासको आयात भने क्रमिक रूपमा बढ्दै गएको छ । बिजुली भन्दा ग्यास सस्तो भएकाले पनि ग्यासको आयात बढ्दै गएको हो । पछिल्लो समय दाउरा गुइँठा नपाइने र प्रयोग गर्न सहज हुने भएकाले पनि सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रमा पनि ग्यासको खपत बढ्दै गएको छ ।
छिमेकी मुलुक भारतका विभिन्न रिफाइनरी केन्द्रबाट खाना पकाउने ग्यास आयात हुनेगर्छ । मुलुकमा विभिन्न ५५ वटा ग्यास उद्योगले आयात गरी बजारमा वितरण गर्ने गरेका छन् । मुलुकमा पर्याप्त बिजुली उत्पादन गर्न सके ग्यासको आयात घटाउन सक्ने सम्भावना भए पनि बिजुली उत्पादन नहुँदा ग्यासको खपत बढ्दै गएको विज्ञको भनाइ छ ।
निजी उद्योगी व्यवसायीले भारतका विभिन्न रिफाइनरीबाट ग्यास आयात गर्दै आएका छन् । अघिल्ला वर्ष निगमले ग्यासको मासिक कोटा निर्धारण गदै आएको थियो । तर पछिल्लो समय उद्योगी व्यवसायीले आवश्यकता अनुसार ग्यास आयात गरिहेका छन् । बजारमा ग्यास पर्याप्तमात्रामा रहेकाले उपभोक्ताले सहजै पाउने गरेका छन् । निगमले अन्तर्राष्ट्रिय बजारअनुसार पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरे पनि ग्यासमा उपभोक्तालाई प्रत्यक्ष असर पर्न सक्ने भन्दै लामो समयदेखि समायोजन गरेको छ ।
निगमलाई अन्य पेट्रोलियम पदार्थमा नाफा भएपनि ग्यासमा प्रतिसिलिण्डर ३ सय ८२ रुपैयाँ घाटा रहेको छ । ग्यासमा घाटा बढ्दै गएको भन्दै निगमले यस अघि प्रतिसिलिण्डरमा २५ रुपैयाँ मूल्य बढाएको थियो । बजारमा ग्यासको मूल्य एक हजार तीन सय ७५ रुपैयाँ रहेको छ ।कारोबार दैनिकबाट …

प्रतिकृया दिनुहोस्