RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/१० गते
१३५० पटक

इटहरी । दक्षिण भारतमा रहेको चारधाम तीर्थस्थलको भ्रमण गर्न गएका सुनसरीका दश जनाको दुर्घटनामा मृत्यु भएको छ । माघ २३ गते इटहरीबाट एक महिने तीर्थयात्रामा गएका उनीहरुको बुधबार राति दुर्घटनामा मृत्यु भएको हो । दक्षिण भारतीय राज्यको तमिलनाडुको सालेममा दुर्घटना भएको हो ।

को १ ख ५३३४ नम्बरको बस विपरीत दिशाबाट आएको बससँग ठोक्किँदा मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । केहीको घटनास्थलमै मृत्यु भएको थियो भने केहीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का प्रमुख एसपी भीमबहादुर दाहालका अनुसार इटहरी उपमहानगरपालिका वडा १०, ११, १२ साविक खनार र दुहबी ८ का गरी दश जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ७० बर्षीय रसिलाल चौधरी, ७० बर्षीय वीरबहादुर राई, ६६ बर्षीया बुधनी थरुनी, ६५ बर्षीया फूलसरीदेवी चौधरी, ६५ बर्षीय गोपाल तामाङ, ६५ बर्षीय टीकाराम चौधरी, ६५ बर्षीया मञ्जु राई रहेका छन् ।

त्यस्तै, रसिलालका पिता पवनलाल चौधरी, फूलसरीका पिता भजनलाल चौधरी र बुधनी चौधरीका श्रीमान केदार चौधरीको मृत्यु भएको छ । टोलीमा ३४ जना रहको प्रहरीले जनाएको छ । अन्य दर्जन बढी घाईते भएका छन् भने केहीको अवस्था गम्भीर रहेको छ ।

इटहरी उपमहानगरपालिका वडा नं. १० का वडाध्यक्ष प्रकाश चौधरीले दुर्घटनापछि अहिले खनारको गाउँ नै शोकाकुल रहेको सुनाए । उनले भने, ‘मेरो वडाको मात्रै ६ जनाको चारधाम जाँदा मृत्यु भयो, अहिले शब ल्याउँन पनि समस्या भएको छ ।’ एकैघरका श्रीमान श्रीमतीसहित ६ जनाको मृत्यु भएकाले गाउँ शोकाकुल अवस्थामा रहेको उनको भनाई थियो । ‘केही घाईतेको स्थानीय अस्पतालमा उपचार भईरहेको सुनिएको छ,’ उनले भने, ‘केही भने अलपत्र अवस्थामा रहेका छन् ।’

उनले शव कसरी ल्याउने भन्ने अल्यौल रहेको बताए । नेपालबाट तीर्थयात्रा गएका मानिसहरुले त्यहाँको भाषा पनि नबुझ्ने हुँदा घाइतेलाई झनै समस्या रहेको उनको भनाई छ । ‘केही घाईतेको आफन्त पनि जानुभएको छ,’ उनले भने, ‘मैले मेयर सावलाई सम्पर्क गर्ने कोसिश गरिरहेको छु, पार्टीका नेताहरुलाई पनि भनेर शव ल्याउने कोशिश गरिरहेको छु ।’ उनका अनुसार मृतक सबैको शनिबार पोष्टमार्टम भईसकेको छ ।

पीडितको घरमा महिला र बालबालिका मात्रै रहेकाले गाउँ शोकाकुल रहेको वडाध्यक्ष चौधरीले बताए । ‘भयावह दुर्घटना भएपछि भारतमा जति सपोर्ट हुनुपर्ने हो त्यति भइरहेको छैन भन्ने कुरा आएको छ, अन्योल भयो ।’ उनले भने । उनले तीर्थयात्राका लागि गएको बस दुर्घटना हुनुले भगवान निर्दयी रहेको बताए ।https://rajdhanidaily.com……..

प्रतिकृया दिनुहोस्