RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/१२ गते
७४५ पटक

जनकपुरधाम । मिथिलाञ्चल क्षेत्रको महाकुम्भ मानिने १५ दिने मिथिला मध्यमा परिक्रमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डोला उठाएर उद्घाटन गरेका छन् ।

नेपाल भारतकै सांस्कृतिक सम्बन्ध कायम राख्दै आएको माध्यमिकी परिक्रमामा धनुषाको मिथिलाबिहारी नगरपालिकाको कचुरी स्थित मिथिला बिहारी मन्दिरबाट डोला र जनकपुरको रत्नसागर मन्दिरबाट माता सीताको डोलाको प्रमुख सहभागिता रहने गरेको छ ।

दुवै मन्दिरबाट उठेको डोला जनकपुरधामको हनुमान नगरस्थित हनुमान गढीबाट उठेपछि औपचारिक शुभारम्भ हुने परम्परा छ । डोला उठाउने अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रदेश नम्बर २ मा सरकार परिवर्तन हुने दाबी गरेका छन् ।

प्रदेश २ मा सरकार परिवर्तन हुन्छ
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले प्रदेश नम्बर २ को सरकार परिवर्तन हुने भन्दै यसका लागि राजपा नेपालसंग आन्तरिक कार्यहरु भईरहेकोले गृहकार्य सम्पन्न भएलगत्तै प्रदेश सरकार फेरिने जानकारी दिए ।

उनले मिथिलाविहारी नगरपालिका स्थित कचुरीको मिथिलाविहारीको मन्दिर छेउमा धर्मशाला बनाउने घोषणा गरे । उनले भने ‘यहाँ धर्मशालाका बनाउन अत्यन्त जरुरी छ । मेरो तर्फबाट जति सम्भव सहयोग गर्छु । कुनै कमी रहन दिन्न’ ।राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्