RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/१२ गते
७५८ पटक

विराटनगर-नेपाल भ्रमण वर्षले प्रदेश–१ का पर्यटन व्यवसायीमा अझै खुसी ल्याउन सकेको छैन । विगतभन्दा झनै भ्रमण वर्षमा पर्यटन क्षेत्र खस्किएको व्यवसायीहरू बताउँछन् ।

“हाम्रा लागि भ्रमण वर्ष ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तै भएको छ,” पर्यटन व्यवसायी पुण्य भट्टराई भन्छन्, “भ्रमण वर्षले हालसम्म खुसीको सञ्चार गर्न सकेको छैन ।”

संघीय र प्रदेश सरकारले जनवरी १ तारिखमा ठूलै तामझामका साथ भ्रमण वर्षको शुभारम्भ गरेको थियो । प्रदेश–१ सरकारले पनि प्रदेश राजधानी विराटनगरस्थित सहिद रंगशालामा भव्यताका साथ भ्रमण वर्षको उद्घाटन गरेको थियो ।

भ्रमण वर्षको शुभारम्भमा मुख्यमन्त्री शेरधन राईले पर्यटनबाटै प्रदेशको विकासमा कायापलट हुने उद्घोष गरेका थिए । शुभारम्भपछि प्रदेश सरकारले भ्रमण वर्षका खासै गतिविधिसमेत गर्न नसकेको व्यवसायीकहरूको गुनासो छ । ५ लाख पर्यटक भिœयाउने प्रदेश सरकारको लक्ष्य छ ।

तर, यही अवस्थामा लक्ष्यको आधा पनि पर्यटक नभित्रिने भट्टराईको कथन छ । उनकै शब्दमा ६० प्रतिशत कोठा खाली छन् । भारतीय पर्यटकको आवागमन पनि खासै बढ्न नसकेको उनी बताउँछन् ।

“होटलका ६० प्रतिशतभन्दा बढी रुमहरू खाली छन्,” भट्टराईले भने, “बैंक ब्याज, मजदुर–कर्मचारीको तलब, बिजुली, टेलिफोनलगायतका खर्च धान्नै गाह्रो हुने अवस्था आयो ।”

पर्यटन सधैं आशामा बाँच्नुपर्ने क्षेत्र भए पनि पछिल्लो अवस्थाले व्यवसायीहरू आत्तिएको उनले बताए । प्रदेशमा ५ सयभन्दा बढी पर्यटकस्तरीय होटल छन् । कारोबार दैनिकबाट

प्रतिकृया दिनुहोस्