RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/१२ गते
७१८ पटक

सुर्खेत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेशले प्रदेश सरकार परिबर्तनको कुरा हल्ला मात्र भएको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

पार्टीको कर्णाली प्रदेश कमिटीको हालै सम्पन्न बैठकले लिएका निर्णयहरु सार्बजनिक गर्न आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेकपा कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटीले प्रदेश सरकार परिवर्तनको कुरा हल्ला भएको स्पष्ट पार्नु भएको छ ।

‘सरकारमा गएका मुख्यमन्त्री, मन्त्रीहरु पार्टीले नै निर्णय गरेर पठाएको हो । उहाँहरु पार्टीकै नेताहरु हुनुहुन्छ, उहाँहरुलाई नेतृत्वदायी भूमिका खेल्नका लागि पार्टीले सरकारमा पठाएको हो,

अध्यक्ष बोगटीले भने,पार्टीले दिएको निर्देशन अनुसार काम गर्न नसके र नेतृत्वदायी भूमिका नखेलेको अवस्थामा मात्र पार्टी नेतृत्वले सरकार परिवर्तनको कुरा सोच्नसक्छ अन्यथा सरकार परिवर्तन हुँदैन ।’

अहिलेलाई सरकार परिवर्तन गर्ने कुरा बाहिर बढी अनाबश्यक हल्ला पिटाईएको छ त्यसो होइन । अहिले सरकारलाई पार्टीको नेतृत्वले नजिकबाट सहयोग गर्ने, निर्देशन दिने र अगाडी बढाउने भन्ने छ ।

प्रतिकृया दिनुहोस्