RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/१३ गते
८५८ पटक

काठमाडौं : सुनको भाउ सोमबार प्रतितोला ८० हजार ३ सय रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो। २०७५ मंसिर १६ मा तोलाको ५७ हजार २ सय थियो।

एक वर्षमै पहेंलो धातुको मूल्य २३ हजार १ सय रुपैयाँ अर्थात् ४०.३८ प्रतिशत बढेको छ। भाउ बढ्ने क्रम तीव्र छ। फागुन लागेपछि तोलामा ४ हजार ६ सय महँगियो। कात्तिक २२ पछिको साढे ३ महिनाको मूल्य हेर्ने हो भने तोलामा १० हजार ४ सय बढेको छ।

सामान्यतया सुनको भाउ यसरी बढ्दैन। अहिले छिमेकी मुलुक चीनबाट सुरु भएको घातक भाइरस ‘कोरोना’ संक्रमणका कारण सुनको मूल्य चुलिएको हो। संक्रमण नियन्त्रण हुन नसकेपछि सुनको भाउ अझै बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।अन्नपुर्ण पोष्ट दैनिकबाट  ….

प्रतिकृया दिनुहोस्