RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/१४ गते
१८२८ पटक

वीरगन्जको घण्टाघरदेखि उत्तरतर्फको सहिद उद्यानमा लागेको एक महिने जुत्ता–चप्पल व्यापार मेला आइतबार सकिएको छ । १ करोड ७५ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

मााघ ९ गतेदेखि सुरु भई फागुन ११ गते सकिएको जुत्ता–चप्पल व्यापार मेलामा ५० हजार जोडी जुत्ता–चप्पल बिक्री भएको आयोजक नेपाली जुत्ताघर प्रालिका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए ।

वीरगन्ज महानगरपालिकाको सहयोगमा ३२ दिन लागेको मेला सफलतापूर्वक सम्पन्न भएको र यसले आगामी दिनमा पनि मेला लगाउने थप हौसला प्राप्त भएको उनले बताए ।

मेलामा नेपाली उत्पादनको जुत्ता–चप्पलको प्रवद्र्धनको साथै आर्थिक तथा औद्योगिक नगरी वीरगन्जको अनुभव स्मरणीय रहेको बताउँदै उपाध्यायले यसलाई आगामी दिनमा निरन्तरता दिने बताए ।

खासगरी तराईमा जुत्ताभन्दा चप्पलको बढी माग आएकोले यसपटकको मेलाले आगामी दिनमा तराईको मेलाहरूमा जुत्ताभन्दा चप्पलको उत्पादन गर्नुपर्ने आवश्यकता आफुहरूलाई महसुस भएको उपाध्यायले बताए ।

मेलामा ७ वटा नेपाली जुत्ता उद्योगका विभिन्न ब्राण्डका जुत्ता–चप्पलहरू राखिएको थियो । वीरगन्जको मेलाले सीमावर्ती भारतीय बजारका उभपोत्ताहरूलाई पनि आकर्षित गरेकाले यसले नेपाली जुत्ता–चप्पलको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा समेत सहयोग पु-याएको जुत्ताघरका अध्यक्ष उपाध्यायको भनाई छ ।

सधैं सस्तोमा पाइने कमसल उत्पादन खरिद गर्न बाध्य भएका उपभोक्ताहरूमा पनि गुणस्तरीय र सस्तो उत्पादनको छनोट गर्ने बानीको विकास मेलाले गरेको उपाध्यायको दाबी छ ।

जुत्ता–चप्पल मेलाले उपभोक्ताको क्रयशक्ति र बानीमा पनि विकास गरेको बताए । मेलाको सफलताले आफुहरूलाई स्वदेशी उत्पादनमा अझै हौसला बढाएको उनले बताए । विभिन्न किसिमका वस्तुहरूको प्रदर्शनी सहितको मेला महोत्सवभन्दा पनि जुत्ता–चप्पलको मात्रै मेलामा ग्राहकहरूको भीड निकै उत्साहजनक थियो ।कारोबार दैनिकबाट

प्रतिकृया दिनुहोस्