RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/१५ गते
६५८ पटक

बर्दीवास नगरपालिका ३ कालापानीमा भएकाे कार दुर्घटनामा परेर गम्भीर घाइते हुनुभएका पूर्व उपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सीपी मैनालीकाे काठमाण्डाैकाे ग्राण्डी अस्पतालमा उपचार भइरहेकाे छ ।

जनसेवा हस्पिटलमा प्रारम्भीक उपचारपछि मैनालीका छोरा ३० वर्षीय सरोज मैनाली, बुहारी पुजा ढुङ्गाना मैनाली, ५ वर्षीय नाति पी एन मैनाली र चालक रामप्रसाद पौडेललाई पनि काठमाण्डौ लगिएको छ ।

मैनाली भतिजीको विवाह सकेर झापाबाट काठमाण्डौकाे लागि बा ७ च २१२० नम्बरको कारमा आउँदै गर्दा कारलाई विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ७६६८ नम्बरको पीकअप भ्यानले ठक्‍कर दिँदा दुर्घटना भएको थियाे ।

 

प्रतिकृया दिनुहोस्