RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/१७ गते
७६४ पटक

धनगढी : धनगढी सहर व्यवस्थित गर्न विकास सम्मेलन आयोजना हुने भएको छ । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर धनगढीले पहिलो पटक विकास सम्मेलन गर्न लागेको हो ।

धनगढीको ओम पार्टी प्यालेसमा फागुन १८ गते (आइतबार) हुने सम्मेलनको तयारी पूरा भएको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले जानकारी दिए ।

प्रदेशको अस्थायी मुकाम धनगढीमा बस्तीहरु थपिदै गए पनि अव्यवस्थित बसोबासले सहर कुरुप बन्दै गएको छ । विकास सम्मेलनले धनगढीको विकासका लागि दिशानिर्देश गरी योजनावद्ध विकासमा सहयोग पुग्ने मेयर वडले विश्वास व्यक्त गरेका छन् ।

सम्मेलनमा उपमहानगरपालिकाले पहिचान गरेका सामाजिक, आर्थिक, भौतिक विकास र वातावरणको संरक्षणका आधारमा केही मुख्य प्रोजेक्ट बैकंहरु प्रस्तुत हुने मेयर वडले जानकारी दिए । ‘उपमहानरमा भएको सम्भावना र चुनौतीमा रहेर सम्मेलनमा घनिभूत रुपमा छलफल हुनेछ,’ मेयर वडले भने,’यसले गर्दा नगर विकास गर्नमा थप टेवा पुग्ने छ।’

सेवाग्राहीको सेवा सुधार गर्न पनि छलफल हुने उनले वडले बताए । सम्मेलनमा करिब डेढ सय प्रतिनिधिको सहभागिता रहने भएको छ।

सम्मेलनमा नगरबासीहरुले भोग्नु परेका दैनिक समस्यालाई सम्बोधन गर्नका लागि धनगढीलाई बस्न योग्य दिगो सहरको रुपमा रुपान्तरण गर्न एउटा मेगा प्रोजेक्ट प्रस्तुत गरिने छ । उपमहानगरको २२ लाख लगानीमा हुन लागेको सम्मेलनमा विकासका साझेदार संस्थाले आफ्नो रणनीति तथा योजना प्रस्तुत गर्ने छन्। अन्नपुर्ण पोष्ट दैनिकबाट ….

प्रतिकृया दिनुहोस्