RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/१९ गते
८२२ पटक

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत आठ सचिवको सरुवा, बढुवा र पदस्थापन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ६ जना सचिवको सरुवा गरेको छ भने दुई जनालाई बढुवा गरी पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यस्तै, स्वास्थ्य मन्त्रालयका सचिव खगराज बराललाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । भूमि–व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेलाई भूमि–व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ ।

यस्तै, उद्योग मन्त्रालयकी सचिव यामकुमारी खतिवडालाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ भने महिला मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलाई उद्योग मन्त्रालयमा सरुवा गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले वरिष्ठ सहसचिव एवं कोलकाताका महावाणिज्यदूत एकनारायण अर्याललाई सचिवमा बढुवा गरी काठमाडौ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पदस्थापन गरेको छ ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले अर्का वरिष्ठ सहसचिव रामशरण पुडासैनीलाई कामु सचिवमा बढुवा गर्दै अर्थ मन्त्रलायको राजस्व सचिवको जिम्मेवारी दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।राजधानी दैनिकबाट…….

प्रतिकृया दिनुहोस्