RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/१९ गते
१०५५ पटक

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले देशभरका १५ सय ठेक्काको म्याद थप गर्ने कार्य टुंग्याइएको जनाएको छ । मन्त्रालयको कार्यभार सम्हालेको सय दिन पूरा गरेको अवसरमा शनिवार आयोजित कार्यसम्पादन सार्वजनिक गर्दै मन्त्री वसन्तकुमार नेम्वाङले म्याद थप गरिँदा रोकिएका ठेक्काहरूमा पुनः निर्माण कार्य सुरु भइ रुग्ण ठेक्कामा थपिएको म्यादभित्रै सम्पन्न हुने अपेक्षा गरिएको बताए ।

मन्त्रालयले लामो समयसम्म रुग्ण रहेको ठेक्काहरूको व्यवस्थापन गर्नको निम्ति सार्वजनिक खरिद नियमावली २०६४ मा नवौं संशोधन भएपश्चात करिब १५ सय वटा ठेक्काको म्याद थप गर्ने कार्य टुंग्याइएको जनाएको छ ।

थप गरिएका आयोजनाहरू अधिकांश आयोजना समयमै पूरा हुने सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । उनले भने, “अधिकांश आयोजना समयमा नै समापन हुने छन् भने केही समयका कारणले नहुन सक्छन् यसको लागि नियमावलीअनुसार काम कारवाही गर्ने छौं ।” यता सार्वजनिक खरिद नियमावली नवौं संशोधनमा १ वर्षमा सम्पन्न गर्नुपर्ने भनिएको छ ।

अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग सहकार्य गरी यस आवको एलएमबीआईएसमा भएका योजनामध्ये हरेक निर्वाचन क्षेत्रमा थप १० करोड बजेट व्यवस्थापन गरिने छ । साथै आगामी आव २०७७-७८ मा हरेक निर्वाचन क्षेत्रमा एउटा रणनैतिक सडक रहने गरी ती सडक निर्माणको लागि तयारी भइरहेको मन्त्रालयले नीतिगत प्रगती भएको जनाएको छ । कारोबार दैनिकबाट….

प्रतिकृया दिनुहोस्