RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२० गते
१०८० पटक

काठमाडौं : सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमण र जोखिम देखिएका ५ मुलुकको सीधा र ट्रान्जिट फ्लाइटका उडान रोक्न सोमबार अन्तरिम आदेश दिएको छ। सर्वोच्चले चीन, जापान, दक्षिण कोरिया, बहराइन र इरानबाट हुने उडान रोक्न आदेश दिएको हो।

संक्रमण फैलिएका मुलुकबाट सोझै र ट्रान्जिट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने उडानको अवस्था र परिस्थितिको सूक्ष्म मूल्यांकन गर्नसमेत सजग गराइएको छ। ती देशका नागरिकलाई स्वास्थ्य परीक्षणबिना प्रवेशमा रोक लगाउन तथा शंकास्पद स्वदेशी तथा विदेशी नागरिकलाई तत्काल ‘आइसोलेसन’ र ‘क्वारेन्टाइन’ मा राखी छुट्टै उपचारको व्यवस्था मिलाउनसमेत सर्वोच्चले भनेको छ।

सरकारले पूर्वसावधानीका लागि आवश्यक व्यवस्था मिलाउन नसकेको दाबीसहित अधिवक्ता पूर्ण राजवंशीले रिट दायर गरेका थिए। सर्वोच्चले उत्तर र अन्य सीमाबाट नेपालमा प्रवेश गरिने स्थलमार्ग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यक्तिहरू प्रवेश गर्ने नागरिक (विदेशी समेत) को अनिवार्य रूपमा कडाइका साथ स्वास्थ्य जाँचको प्रभावकारी व्यवस्था गर्न पनि सरकारलाई आदेश दिएको छ।अन्नपुर्ण पोष्ट दैनिकबाट ….

प्रतिकृया दिनुहोस्