RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२० गते
११०५ पटक

नेपाल भ्रमण वर्ष २०२० को दोस्रो महिना फेब्रुअरीमा भने पर्यटकको संख्यमा वृद्धि भएको छ । अध्यागमन विभागका अनुसार जनवरीको तुलनामा फेब्रअुरीमा कुल पर्यटकको संख्या वृद्धि भएको छ ।सन् २०२०को पहिलो महिनामा ६५ हजार ९८३ विदेशी पर्यटक नेपाल आएकोमा फेब्रुअरी महिनामा ७७ हजार ६४ जना पर्यटक भित्रिएका छन् । यो संख्या हवाईमार्गबाट नेपाल प्रवेश गर्ने पर्यटकको भएको विभागले जनाएको छ ।

गत वर्ष सोही समयमा ७२ हजार ४ सय ७५ जनाले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ को सोही समयमा १ लाख ४३ हजार ४७ जना पर्यटक आएका थिए भने सन् २०२० को फेब्रुअरीसम्म १ लाख ४९ हजार ७ सय ७५ जना नेपाल भित्रिएका छन् । समग्रमा गत वर्षभन्दा करिब ६ हजार बढी पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांकले देखाएको छ ।

सो संख्यामा स्थलमार्गबाट आएका पर्यटकको संख्या समावेश गर्न बाँकी रहेको विभागको भनाइ छ ।हालको संख्यामा ठूलो फेरबदल नआउने जनाइएको छ । यो समयमा चीनबाट ३हजार २ सय ८५ आएका छन् भने गतवर्षको सोही समयमा चीनबाट १४ हजार १६१ पर्यटक नेपाल आएका थिए ।

सन् २०१९ को जनवरी महिनामा १२ हजार २०२ चिनियाँ पर्यटक नेपाल आएका थिए । चीनको हुबेई प्रान्तस्थित वुहान शहरमा फैलिएको नोबल कोरोना भाइरसको संक्रमणसँग चीनबाट आउने पर्यटकको संख्यामा कमी आएको हो ।यो संख्या नेपालको कुटनीतिक र अन्य प्रायोजनाका नेपाल आएका चिनियाँ पर्यटकको संख्या भएको विभागको भनाइ छ । कारोबार दैनिकबाट ….

प्रतिकृया दिनुहोस्