RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२० गते
६६५ पटक

सप्तरी, फागुन २० । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल होस् भन्ने कामनासहित सप्तरीको छिन्नमस्ता मन्दिरमा विशेष पूजापाठ सुरु गरिएको छ ।

सुखराम यादवले शक्तिपीठका पीठाधीश महाकान्त ठाकुरको नेतृत्वमा सोमबारदेखि २४ घण्टे अखण्ड दीप प्रज्ज्वलन तथा एक दर्जनभन्दा बढी साधुसन्तहरुको उपस्थितिमा धार्मिक अनुष्ठान प्रारम्भ गरिएको बताउनुभयो ।

मन्दिरका पीठाधीश ठाकुरले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभ तथा दीर्घायुको कामनासहित सुरु गरिएको धार्मिक अनुष्ठानअन्तर्गत दुई दिनसम्म भजनकीर्तन, अष्टयाम, हवनसहित विशेष पूजापाठ गरिने जानकारी दिनुभयो ।

उहाले भन्नुभयो ‘माता छिन्नमस्ताले प्रधानमन्त्रीलाई रक्षा गर्ने छिन् ।’
प्रधानमन्त्री ओलीको भोली बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिँदैछ । उहा हिजो सोमबार साँझ नै अस्पताल भर्ना हुनुभएको छ ।

प्रतिकृया दिनुहोस्