RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२० गते
६५८ पटक

काठमाडौं :  मंगलबारै राष्ट्रियसभाको दुई वर्षे कार्यकाल सकिएपछि खतिवडाले मन्त्री पदबाट राजीनामा दिएका हुन्। खतिवडासहित १९ जना राष्ट्रियसभा सदस्यहरुको मंगलबारदेखि नै कार्यकाल सकिएको छ।

मंगलबार राजीनामा दिएका खतिवडाले बुधबार पुन: मन्त्री पदको कार्यभार सम्हाल्ने छन्। उनले बुधबार अर्थ र सञ्‍चार मन्त्रीको नियुक्ति लिएर सपथग्रहण गर्ने बताइएको छ।

खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमा पुन:नियुक्त गर्ने जानकारी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले दिएका छन्।  संवैधानिक व्यवस्था अनुसार सांसद नभए पनि खतिवडाले मन्त्रीका रुपमा ६ महिनासम्म काम गर्न पाउनेछन्।

मन्त्री खतिवडा राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित गर्ने कोटाबाट राष्ट्रिय सभामा आएका थिए। तर केही दिनअघि नेकपा सचिवालय बैठकले राष्ट्रपतिबाट मनोनित गर्ने कोटामा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको छ।

यसअघि नेकपा नेकपा स्थायी कमिटी बैठकले एकै व्यक्तिलाई दुई पटक राष्ट्रियसभामा नपठाउने निर्णय गरेको थियो।

प्रतिकृया दिनुहोस्