RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२१ गते
७४१ पटक

सुर्खेत । वन मन्त्री शक्ति वस्नेतले कर्णाली विगतको तुलनामा अहिले नयाँ यात्रामा अघि बढिरहेको बताएका छन् । कर्णालीमा विकास निर्माणका कामहरु जलविद्युत निर्माण, सडक, शैक्षिक व्यवस्थापन, पर्यटकीय गतिविधिहरु जस्ता विभिन्न काम अघि बढिरहेको भन्दै उनले विकास निर्माणका हिसाबले कर्णालीले नयाँ आकार लिँदै गएको बताए ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सोमबार देखि सुरु भएको ‘कर्णाली उत्सव, कुडा कर्णालीका’ को उद्घाटन गर्दै मन्त्री वस्नेतले अब कर्णालीका चुनौतीहरु के के हुन तिनको पहिचान गरेर विषय केन्द्रीत वसह गर्नुपर्ने बताए ।

कर्णाली सवाल गर्ने टाउँ मात्रै नभएर जभाव दिने अवसर समेत प्राप्त गर्दै गएको छ । उनले भने, ‘विभिन्न क्षेत्रका विकास निर्माणका कामहरु भइरहेका छन् । यसले कर्णाली विगतबाट अहिले नयाँ यात्रामा अघि बढ्नै छ भन्ने सन्देश दिन्छ ।’ विकास निर्माणका कामहरु अघि बढेपनि त्यसको परिणाम निकाल्न अझै धेरै मेहेनत गर्नु पर्ने उनको भनाई थियो ।

कर्णाली समृद्धिको लागि हामी कर्णालीवासी सबै जिम्मेवार भएर त्यसको समिक्षा गरेर अघि बढ्नुपर्छ । उनले थपे, ‘यहाँको सबै समाजलाई एकताबद्ध रुपमा अघि बढाउनुपर्छ । हिजो सबै शक्ति एकतावद्ध नहुँदा विकास निर्माणको गति प्रभावित हुँदै गयो, यहाँका सम्भावनाहरुको सहि सदुपयोग भएन ।’

कर्णालीमा महत्वपूर्ण परम्परागत ज्ञानहरु भएपनि त्यसको सहि सदुपयोग हुन नसकेको भन्दै उनले सामाज सुहाउँदो शैक्षिक प्रणालीको विकास गर्नुपर्ने बताए । कर्णालीमा स्रोत साधन व्यापक भएर पनि यहाँका सिमित आवश्यकता पुरा गर्न नसक्दा कर्णाली पछि परेको भन्दै उनले चाँडै नै कर्णालीले आफ्नो पछौटे पनलाई अन्त्य गरेर पुरानै समृद्ध सिजा सामराज्य जस्तै विकसित हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा कर्णाली प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले कुनै दिन कर्णालीको समृद्धिको कथा लेखिने बताए । ‘हाल सम्म कर्णालीका अभावका गितहरु लेखिए, अभावका साहित्यीक कृतिहरु लेखिए । सञ्चार माध्यममा अभावका, गरिबीका कुराहरु लेखिए । अहिले पनि लेखिदै आएका छन् । उनले भने, ‘अब सधै त्यो रहिरहने छैन । कर्णाली छिटै समृद्धिको बाटोमा अघि बढ्ने छ र कर्णाली समृद्धिको कथा लेखीने छ ।’

कार्यक्रममा चिनौँ कर्णाली नामक आफ्नो प्रस्तुति राख्दै मन्त्री भण्डारीले प्रदेशको दीर्घकालीन सोँच, लक्ष्य, उद्देश्य अनुसार आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणका लागि जलविद्युत प्रमुख सम्वाहक भएको बताए ।

त्यो संगै गुणस्तरीय र दिगो पूर्वाधार, बहुमूल्य जडिबुटी, पर्यापर्यटन तथा कला संस्कृति, सार्वजनिक, निजी, सहकारी तथा सामुदायिक साझेदारी लगायतका अन्य विभिन्न कुराहरु कर्णालीको समृद्धिको सम्भावह भएको बताए ।

नेपाल सरकारले निर्धारण गरेका समृद्धिका ११ र सुखका २३ गन्तव्य सूचकको आधारमा कर्णाली प्रदेश आफ्नो मौलिक विशेषतासहित समृद्ध कर्णाली, सुखारी कर्णालीबासी बनाउने सोचलाई सार्वज्निक, नीजि, सहकारी, सामुदायीक क्षेत्र संग साझेदारी गरेकार अघि बढ्ने उनको भनाई थियो ।

यस्तै कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले घुमौँ कर्णालीको निम्तो दिँदै एकपटक सबैको कर्णाली गन्तव्य हुने बताए । पूर्वाधार विकास हिसाबले कर्णाली केहि पछि परेपनि पर्यटकीय हिसाबले कर्णाली अघि छ । उनले भने,‘हरेक जिल्लाहरुमा भरीपूर्ण ऐतिहाँसिक महत्वका पर्यटकीय क्षेत्रहरु छन् । कर्णाली आउँने सबैको जीवनमा नयाँ अनुभूति हुनेछ ।’ कुनै दिन विश्वको पर्यटकीय गन्तव्य नेपाल र नेपालको गन्तव्य कर्णाली हुने बताए ।

विभिन्न सांस्कृतिक कार्यक्रम सहित भव्य रुपमा उद्घाटन भएको ३ दिन सम्म सञ्चालन हुने उत्सवमा उद्घाटनको दिन सोमबार ‘सरकारका तिन तह बगाउने कर्णालीका’, ‘खसका खासखुस’,संस्कार र समानता, जस्ता विभिन्न बिषय बस्तु समेटिएका सेसनहरु सञ्चालन भएका छन् ।

यस्तै उत्सवको दोस्रो दिन मंगलबार ‘कर्णालीका कथा’, जस्ता विभिन्न सेसनहरु रहेको आयोजकले जनाएको छ ।यो खबर कर्णालीपत्रले प्रकाशन गरेको छ  

प्रतिकृया दिनुहोस्