RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२१ गते
६७९ पटक

कोरोना संक्रमणको बिषय बाहिर आएपछि जुम्लाबाट चिकित्सकको टोली हुम्लाका लागि हिडेयो छ ।

हुम्लामा चीनको सिमा नजिकैबाट आएका एक जनालाई कोरोनाको संक्रमण भएको हुन सक्भने सूचना पाएपछि चिकित्सकीय टोली हुम्ला तिर हिडेको हो स्रोतका अनुसार डा अशोक गौतम सहितको तीन जनाको टोली हुम्ला पुग्ने छ ।

टोली आजै जुम्लाबाट हिड्ने र त्यहाँ पुगेपछि वास्तविक अवस्थाको वारेमा जानकारी दिने तथा उपचार पनी गर्ने बताईको छ ।

चीनमा रहेका एक नेपाली कोरोनाको डरको त्रासले भागेर नेपाल आएका हुम्ला सिमकोट आएको हुम्लाका एक स्थानिय व्यक्तिले कोरोनाको आशंकामा अहिले स्वास्थ्य चौकीमै निगरानी गरि राखिएको भन्ने खबर पछि जुम्लाबाट टोली स्वास्थ्य कर्मिको टोली हुम्ला हिडेको हो ।

प्रतिकृया दिनुहोस्