RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२१ गते
७१२ पटक

मिर्गौला प्रत्यारोपण गर्नका लागि दिइएको एनथेसिया (बेहोस बनाउने औषधि)ले काम गर्न छाडेपछि उहा होसमा आउनु भएको हो ।

मिर्गौला प्रत्यारोपणपछि अप्रेशन थिएटरबाट पोस्ट आपरेटिभ वार्डमा सारिएका प्रधानमन्त्री ओलीको होस खुलेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिनु भएको छ ।

बुधबार बिहान साढे १० बजेदेखि सुरु भएको शल्यक्रिया दिउँसो २ बजेर ४५ मिनेटसम्म चलेको थियो । मिर्गौला दाता भाञ्‍जी समीक्षा सर्गौला र प्रधानमन्त्री ओलीको शल्यक्रिया एकैसाथ गरिएको थियो ।

शल्यक्रियाको नेतृत्वको गरेका डा. प्रेम ज्ञवालीका अनुसार प्रत्यारोपणको करिब डेढ घण्टापछि ओलीको होस खुलेको हो । ‘अहिले उहाँले हात खुट्टा चलाउन थाल्नु भएको छ । उहाँ पूर्ण होसमा आइसक्नु भएको छ’, ज्ञवालीले भन्नुभयो, ‘अब उहाँ कुरा गर्न सक्ने अवस्थामा आउन केही बेर लाग्छ ।’ होसमा आएपछि उहाले चिकित्सकहरुलाई इशारामै धन्यवाद समेत दिनुभएको छ ।

प्रतिकृया दिनुहोस्