RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२४ गते
९७० पटक

काठमाडौं : पश्चिमी न्युनचापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित मध्य र पूर्वका केही स्थानमा हल्का पानी परिरहेको छ। पानी पर्ने क्रम रहने जल तथा मौमस विज्ञान विभागको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद राजु प्रधानाङ्गका अनुसार शनिबार दिउँसो काठमाडौं उपत्यकासहित देशका अधिकांश पहाडी भू–भागमा मेगगर्जन हावाहुरी र चट्याङसहित पानी पर्ने छ। धेरैजसो उच्च पहाडी तथा हिमाली भेगमा हिमपात पनि हुनेछ।

काठमाडौं उपत्यकामा शुक्रबार राति पनि पानी परेको थियो। राति २ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ। शनिबार बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ९ दशमलव ८ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तपाक्रम बढेर २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।

प्रतिकृया दिनुहोस्