RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२४ गते
७५० पटक

डोल्पा :  तीन दिन अघि हेलिकप्टरबाट सुर्खेत लगिएको तीन जना बिरामीको नमुना काठमाण्डौ पठाएर टेकु अस्पतालमा परीक्षण गराउँदा शुक्रवार बेलुकी मात्रै रोगको पुष्टि भएको हो।

गाउँनै थला पार्ने गरि दुई सातादेखि फैलिएको उक्त रोग कोरोना नभई मौसमी रुघाखोकी भएको जिल्ला अस्पतालकी डा.मेलिना हमालले जानकारी दिइन्‌।

‘सरसफाइमा ध्यान नदिँदा एक पछि अर्को गर्दै गाउँभरीनै रोग फैलिएको हो, त्यतिमात्र नभई रुघाखोकी लाग्दा सही तरिकाले मास्कको प्रयोग नगर्ने, पानी नउमालेर नखाने,जहाँ पायो त्यहि फोहोर गर्ने, हात नधोएरै खाना पकाउने जस्ता यावत् कुराहरुमा ध्यान नदिँदा रोग फैलिएक पायौँ।’

बिरामीको अवस्था सुधार पाँच जना स्वास्थकर्मीले लेखनाथ आधारभुत बिद्यालयमा क्याम्प नै खडा गरेर नियमित उपचार शुरू गरेपछि अहिले बिरामीको अवस्थामा सामान्य भएको छ।

। सरसफाईमा ध्यान नदिँदा गाउँभरीका सबै मान्छे बिरामी परेको स्वास्थकर्मीले बताएकाले अबदेखि सधैँ आफु, आफ्नो परिवार, घर-आँगन, गाउँघर सफा राख्ने बोहोराले बाचा गरे। आफुहरु सञ्चो भएर पनि पहिलाको जस्तै खेतीपातीको काममा जुटेको उनले बताए।

दुईसाता देखि थला परेका रुघाखोकी,ज्वरो र पखालाका १ सय ५० जनाको नियमित उपचार गरेपछि बिरामीहरु सामान्य अवस्थामा फर्केको र नियमित काममा फर्किएको डा.मेलिना हमालले बताए।

चार-पाँच दिनपछि स्थानीयको अवस्था बुझ्न स्वास्थकर्मीहरु फेरी गाउँ पुग्ने बताइएको छ। उपचारका क्रममा १ सय ५० जना बाहेकका ४० जना बिरामीको जाँच गर्दा १० देखि १५ जना महिलामा पाठेघरको समस्या पनि देखिएको र धेरैलाई पिसाबको समस्या देखिएको डा.हमालले बताइन्‌।

 

प्रतिकृया दिनुहोस्