RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२६ गते
१२२६ पटक

(चितवन) – चेपाङ गाउँमा जन्मिएर डाँडापाखामा घाँस काट्ने, बाख्रा चराउँदै बाल्यकाल बिताएका एक चेपाङ युवक अहिले मह व्यापारी बनेका छन्। घरबाट स्कुल जाने भनेर हिँड्ने अनि दिनभर चिउरीको बोटमा बसेर समय कटाउने ती युवकलाई त्यही चिउरीको फूल चुसेर मौरीले तयार पारेको महले मालामाल बनाइदिएको छ। करिब अढाईदशकको आरोहअवरोहपछि ती युवक सफल व्यवसायी र उद्यमशील बनका हुन्।

२०५२ सालतिर लोथर खोलापारि मकवानपुरको सिलिङे डाँडाबाट दिनेश प्रजा पाँचवटा कुचो बोकेर बिक्रीका लागि लोथर बजार झर्थे। ११ वर्षको उमेरमा काँधमा कुचो बोकेर बजार झर्नुको उनको उद्देश्य हुन्थ्यो– लोथरको पुलपारिबाट हुइँकिएर आउने गाडीलाई नजिकैबाट हेर्नु। गाडी पर पुग्दासम्म आँखा झिमिक्क नगरी हेर्थे उनी। पछाडिबाट आएको अर्को गाडीको आवाजले तर्सेर भाग्थे पनि। उनले जीवनमा पहिलोपटक गाडी देखेपछिको २४ वर्षमा लोथर खोलामा निकै पानी बगिसक्यो।

अहिले दिनेशसँग पल्सर बाइक छ। एउटा बोलेरो जिप र ट्रयाक्टर पनि छ। पल्सरमा उनी हुइँकिन्छन्। जिप र ट्रयाक्टरमा मह ओसार्छन्। उनले महको संगत गर्न थालेको १३ वर्ष भयो। राक्सिराङ गाउँपालिका–६ मा रहेको जनचेतना साना किसान कृषि सहकारी संस्था लिमिटेडको साथ पाएर उनी महको संगतमा पुगेका हुन्।

सुरुमा गाउँगाउँमा गएर मह संकलन गर्ने उनले अहिले सहकारीको मह प्रशोधन केन्द्र र बिक्री केन्द्रमा काम गर्छन्। मह प्रशोधन केन्द्र चितवनको राप्ती नगरपालिका–१ लोथरमा उनी आफैंले स्थापना गरेका हुन्।नागरिक दैनिकबाट ….

प्रतिकृया दिनुहोस्