RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/९/११ गते
४९५ पटक

यसअघि प्रथम राष्ट्रिय सम्मेलन गर्ने भने पनि वडा तहदेखि नै माओवादी केन्द्रले सबै प्रक्रिया सम्पन्न गरेको र गर्नैपर्ने संवैधानिक व्यवस्थाका कारण यसलाई आठौँ महाधिवेशनका रूपमा सम्पन्न गर्न लागेको हो । महाधिवेशन पाँच दिनसम्म चल्ने माओवादी केन्द्रको आकलन छ ।

तर, राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत गर्ने निर्णय भएकाले उद्घाटन समय भने केही ढिलो हुने उनले बताए । अकस्मात् महाधिवेशनको निर्णय भएकाले विदेशी पाहुना सम्भव नभए पनि अन्य राजनीतिक दललाई भने आमन्त्रण गरिने नेता शाक्यले बताए । यसअघि राष्ट्रिय सम्मेलन भएका कारण विदेशी पाहुना र अन्य पार्टीबाट शुभकामनाका लागि नबोलाउने निर्णय माओवादी केन्द्रले गरेको थियो ।

सबै प्रक्रिया पूरा गरिसकेको, निर्वाचन ऐन र कानुनअनुसार महाधिवेशन पनि गर्नुपर्ने भएको हुँदा यसैलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भएको छ,’ संयोजक शाक्यले भने, ‘शनिबारको स्थायी कमिटीले यसलाई केन्द्रीय कमिटीमा लैजाने भनेको छ । आइतबार बिहान बस्ने केन्द्रीय समिति बैठकले अन्तिम टुंगो लगाउनेछ ।’

‘राष्ट्रिय सम्मेलनको प्रतिनिधिलाई आवतजावतसहित बिहान–बेलुकाको खाना तथा बसोवासको व्यवस्थापन स्वयंलाई गर्न भनिएको छ,’ शाक्यले भने, ‘तीन दिन भनेकोमा पाँच दिनसम्म चल्न सक्ने भएकाले हरेक दिन दिउँसोको खाजा भने पार्टीले खुवाउनेछ ।’

उनले हरेक दिनको खाजाको मेनु फरक–फरक हुने र त्यसमा मासु, चिउरा, पनिरलगायतका परिकार राखिएको बताए । तीन दिनका लागि भनिए पनि महाधिवेशन लम्बिन सक्ने भन्दै १५ पुससम्मका लागि हल र क्याट्रिनको बुक गरिएको छ ।

सबै व्यवस्था प्रतिनिधि आफैँले गर्नुपर्ने भएको हुँद प्रतिनिधि शुल्क दुई हजार मात्रै तोकिएको छ । जिल्ला समन्वय सम्पर्क कमिटीको सहयोगमा प्रदेश कमिटीले यसको संयोजन गर्न निर्देशन भइसकेको उनले बताए ।

आन्तरिक व्यवस्थापनका लागि युवा, विद्यार्थी र जिल्ला समन्वय समितिका सदस्य भएको ८० जनाको स्वयंसेवक टिम तयार पारिएको छ । शाक्यले पार्टीको स्वास्थ्य विभागले एउटा गाडीमा आकस्मिक स्वास्थ्य उपचारको व्यवस्थासमेत गरिएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्