
काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा रहेका असमानता, विकृति र विसंगति अन्त्य गर्नेतर्फ राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन्।
नेकपा (माओवादी केन्द्र) को ८ औँ महाधिवेशनमा आइतबार अध्यक्ष नेपालले देशमा रहेका असमानता, विकृति र विसंगति अन्त्य गर्नेतर्फ राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताएका हुन्।
अध्यक्ष नेपालले जनताको विश्वास जित्न कुरा गरेर मात्र पर्याप्त नहुने भन्दै काम र व्यवहार जनताले अनुभूत हुने गरी राजनीतिक दलहरुले काम गर्नुपर्ने बताए।
त्यसोभए मात्र हामीले आफूलाई लोकतान्त्रिक, वामपन्थी, कम्युनिष्ट भन्ने हो भने पनि त्यसको कुनै अर्थ रहन सक्छ,’ अध्यक्ष नेपालले भने, ‘राजनीतिक पार्टीले जनताको विश्वास जित्यो भने मात्रै अघि बढ्न सक्छ।
अध्यक्ष नेपालले भ्रष्टाचार निमिट्यान्न नपारेसम्म राजनीतिक दलहरुले जनताको मन जित्न नसक्ने भन्दै परिवर्तन, नेपाली जनताको हितका लागि हुनुपर्ने बताए।