RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/९/१३ गते
३७३ पटक

काठमाडौँ । मेडिकल कलेज तथा ५० भन्दा बढी शय्या भएका निजी अस्पतालहरूले कोभिड–१९ विरुद्धको खोप केन्द्र सञ्चालन गर्न पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गरी देशका सबै मेडिकल कलेजहरू र ५० भन्दा बढी शय्या क्षमता भएका निजी अस्पतालहरूलाई खोप केन्द्र सञ्चालन गर्न चाहेमा सम्बन्धित जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गरी खोप केन्द्र सञ्चालन गर्न सकिने जनाएको हो ।

‘सबै मेडिकल कलेजहरू र ५० बेड क्षमताभन्दा बढी भएका निजी अस्पतालहरूले यदि खोप केन्द्र सञ्चालन गर्न चाहेमा सम्बन्धित जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गरी

१८ वर्षभन्दा माथिका नेपाली नागरिकहरूलाई नेपाल सरकारको नियमानुसार कोभिड-१९ विरुद्धको खोपहरू उपलब्धताका आधारमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खोप लगाउन आह्वान गरिन्छ‚’ विज्ञप्तिमा भनिएको छ ।सरकारले यसअघि सरकारी अस्पतालहरूमा मात्रै खोप केन्द्र तोकेर नागरिकलाई खोप दिँदै आएको थियो ।

प्रतिकृया दिनुहोस्