RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/९/१४ गते
४९४ पटक

देशभरका अधिकांश स्थानमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात भइरहेको छ । बुधबार बिहानैदेखि देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । महाशाखाले आगामी २४ घन्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रहसमेत गरेको हो ।

मौसम पूर्वानुमान बुलेटिनमा भनिएको छ, ‘देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र देशको उच्च पहाडी तथा हिमाली भूभागहरूका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमासमेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।’

प्रतिकृया दिनुहोस्