रारान्यूज संवाददाता प्रकाशित : २०७८/९/१४ गते
४२६ पटक

काठमाडौं : सरकारले दीर्घरोगी र जेष्ठ नागरिकलाई कोरोनाविरुद्ध अतिरिक्त खोप दिने निर्णय गरेको छ । राष्ट्रिय खोप सल्लाहकार समितिको सुझाव अनुसार दीर्घ रोगी र ६० वर्ष माथिका नागरिकलाई कोभिडविरुद्ध अतिरिक्त खोप दिने निर्णय गरेको हो।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहले ६० वर्ष माथिका नागरिकलाई अतिरिक्त मात्रा खोप लगाउने निर्णय भएको अन्नपूर्णलाई जानकारी दिए ।
उनले भने, अब हामीले जेष्ठ नागरिकलाई अतिरिक्त खोप दिन्छौं । यो अभियान अघि बढ्छ ।’ सरकारले कोरोनाविरुद्ध खोप अभियानलाई तीव्रता दिएको छ । अहिले दैनिक ३ लाख बढिले कोरोनाविरुद्ध खोप लगाइरहेका छन्।