RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/९/१५ गते
४०६ पटक

पछिल्लो चार महिनामा मुलुकमा इन्धन आयात बढेको छ । आन्तरिक बजारमा इन्धनको खपत बढेसँगै आयातमा वृद्धि हुँदै गएको हो ।

नेपाल आयल निगमका अनुसार पछिल्लो चार महिनामा आठ लाख आठ हजार किलोलिटर इन्धन आयात भएको छ । जुलाईदेखि अक्टोबर महिनामा पेट्रोल दुई लाख सात हजार किलोलिटर, डिजेल चार लाख ११ हजार ४ सय ९९ किलोलिटर, हवाई इन्धन ३७ हजार ९ सय ९६ किलोलिटर आयात भएको छ । यस्तै सो अवधिमा ग्यास एक लाख ४६ हजार मेट्रिक टन आयात भएको निगमको तथ्यांक छ ।

निगमका अनुसार जुलाई महिनामा २८ हजार ५ सय ३० किलोलिटर पेट्रोल आयात भएकोमा अगस्टमा ५२ हजार ४ सय ६४ किलोलिटर आयात भएको छ । यस्तै सेप्टेम्बर महिनामा ५८ हजार ३ सय ४० किलोलिटर इन्धन आयात भएकोमा अक्टोबर महिनामा ६८ हजार ४ सय ६० किलोलिटर पेट्रोल आयात भएको छ ।

यस्तै जुलाई महिनामा ५८ हजार ६ सय ३८ किलोलिटर डिजेल आयात भएकोमा अगस्ट महिनामा १ लाख १ सय २० किलोलिटर आयात भएको निगमको तथ्यांक छ । यस्तै सेप्टेम्बर महिनामा एक लाख १६ हजार ९ सय ५७ किलोलिटर आयात भएकोमा अक्टोबरमा बढेर एक लाख ३५ हजार ७ सय ८४ किलोलिटर इन्धन आयात भएको थियो ।

यस्तै जुलाई महिनामा ३ हजार ८ सय ५२ किलोलिटर हवाई इन्धन आयात भएकोमा अगस्ट महिनामा ९ हजार २ सय ७२ किलोलिटर आयात भएको निगमको तथ्यांक छ । सेप्टेम्बर महिनामा ११ हजार ९ सय ७६ किलोलिटर आयात भएकोमा अक्टोबर महिनामा बढेर १२ हजार ८ सय ९६ किलोलिटर आयात भएको थियो ।

यस्तै जुलाई महिना १५ हजार ७ सय ४८ मेट्रिक टन एलपीजी ग्यास आयात भएको अगस्ट महिनामा ४२ हजार ६ सय ९१ मेट्रिक टन आयात भएको छ । सेप्टेम्बर महिनामा ४४ हजार ५ सय ४२ मेट्रिक टन ग्यास आयात भएकोमा अक्टोबर महिनामा ४३ हजार ८ सय १८ मेट्रिक टन ग्यास आयात भएको निगमको तथ्यांक छ ।

यस्तै जुलाई महिनामा ७ सय ३० किलोलिटर मट्टितेल आयात भएकोमा अगस्ट महिनामा ८ सय २० किलोलिटर आयात भएको थियो । यस्तै सेप्टेम्बर महिनामा १ हजार ३ सय ८० किलोलिटर आयात भएकोमा अक्टोबर महिनामा १ हजार ३ सय ४० किलोलिटर मट्टितेल आयात भएको निगमको तथ्यांक छ ।

निगमका अनुसार मासिक पेट्रोल ५९ हजार ३ सय ६९ किलोलिटर माग रहेको छ । यस्तै डिजेल मासिक १ लाख १७ हजार ५ सय १७ किलोलिटर माग छ । खाना पकाउने ग्यास मासिक ४१ हजार ९ सय ४३ मासिक माग हुने गर्छ ।

www.karobardaily.com

प्रतिकृया दिनुहोस्