RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/९/१६ गते
७८५ पटक

१६ पुस । बाक्लो हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन् ।भिजिबिलिटी नभएका कारण उडान र अवतरण हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

विमानस्थलकाअनुसार उडानको लागि कम्तीमा ८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । तर हुस्सुका कारण यति भिजिबिलिटी नभएको विमानस्थलले जनाएको छ ।

भिजिबिलिटी नहुँदा कुवेतबाट काठमाण्डौ आएको जजिरा एयरलाइन्सका दुईवटा जहाज सिमरामाथिको आकाशमा घुमिरहेका छन् । हुस्सु हटेलगत्तै विमानस्थलबाट उडान र अवतरण नियमित हुने विमानस्थलले जनाएको छ ।

प्रतिकृया दिनुहोस्