RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/१९ गते
१४६५ पटक

डोल्पा : डोल्पाबाट कोरोना भाइरस बढ्ने खतरा बढेपछि निषेधाज्ञा गरिएको छ। जिल्ला प्रशासन कार्यालयले सुचना जारी गर्दै आइतबार १९ गतेदेखि २३ गतेसम्म ५ दिन सदरमुकाम दुनै सहित आसपासका क्षेत्रमा निषेधाज्ञा गरेको जानकारी दिएको हो।

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले सदरमुकाम र आसपासका क्षेत्रमा भीडभाड धेरै भएको कारण कोरोना संक्रमण बढी हुने खतरा भएको भन्दै ५ दिन निषेधाज्ञा जारी गरेका हुन्। आइतबारदेखि नै जमघट, भेला, सेमिनार, समिक्षा, गोष्ठी, छलफल जस्ता कार्य नर्गन भन्दै पूर्व लोचा खोला, पश्चिम शुलिर्गाड, उत्तर भेरीपारिको सम्पूर्ण बस्ती अस्पताल क्षेत्र र दक्षिण तिप्ला जानेबाटो चार किल्ला तोकेर पाँच दिनलाई निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ।

त्यसै गरी दुनै बजारमा खाद्यान्न तथा दैनिक उपभोग्य सामानका पसलहरु बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म खुल्न दिने बताइएङको छ।  होटल, रेष्टुरेन्ट, शैलुन, पुलहाउस पूर्ण रुपमा बन्द गर्ने सूचनामा उल्लेख गरिएको छ। अत्यावश्यक बाहेकका यातायात सञ्चालन गर्न नपाइने, जरुरी कामले घरबाहिर निष्कँदा मास्क अनिवार्य लगाउनुपर्ने र सामाजिक दुरी कायम गर्नुपर्ने बताइएको छ । यी कुरा पालना नगरी उल्लङ्घन गरेको भेटिएमा संक्रमण रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गरिने प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले जानकारी दिए।

जिल्लामा कोराना भाइरस संक्रमितको संख्या बढिरहेको र उच्च जोखिम रहेको बेलामा नागरिकले खेलाची रुपमा लिन थालेपछि संक्रमणले ठूलो रुप नलियोस् र नियन्त्रण गर्न सकियोस् भन्ने उद्धेश्यका साथ निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए। कोरोना संक्रमणको कारण गम्भीर भएका दुईजनालाई जिल्ला प्रशासनको सहकार्यमा हेलिकप्टरबाट शुक्रबार काठमाडौं लगेर उपचार गरिरहिएको छ। स्वास्थ्य अवस्था जटिल भएका ५१ वर्षका शिक्षक र ६० वर्षका वडा अध्यक्ष रहेका छन्।

हालसम्म डोल्पामा २ हजार चारसय दुईजनाको पीसीआर परीक्षण गर्दा २६ जना संक्रमित देखिएका छन्। जसमध्ये १० जना निको भएर घर फर्किएका छन्, ७ जना होम आइशोलेशन र आइशोलेशनमा छन् भने दुईजनाको काडमाडौंमा उपचार भइरहेको छ। हालसम्म कोरोनाले डोल्पामा एक जनाको ज्यान गएको छ। प्रहरीले दैनिक मास्क लगाउन सामाजिक दुरी कायम गर्न माइकिङ गरेर सचेतना गराइरहेको छ।

अन्नपुर्ण पोष्ट दैनिकबाट………..

प्रतिकृया दिनुहोस्