RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/२० गते
४७९ पटक

काठमाडौं, पुस १९ गते । कोभिड रोकथामसम्बन्धी उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी) को बैठकले कोरोना संक्रमण केही कम भएकाले यस अघि बन्द भएका केही सेवा खोल्ने प्रस्ताव मन्त्रिपरिषद्मा लाने निर्णय गरेको छ ।

तर अहिले नयाँ भाइसरको देखा परेकाले विद्यालय खोल्दा त्यसका संक्रमण फैलन सक्ने भएकाहुँदा विद्यालय तत्तकाल खोल्न उपयुक्त नभएको छलफल भएको बैठक पछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताउनुभयो ।

केही सेवाहरु सञ्चालन गर्न दिन सकिनेबारे छलफल भएको र कुनकुन सेवा खोल्ने भन्ने बारे टुङगो नभइ सकेको बताउँदै विद्यालय लगायत अन्य सेवा खोल्ने कुनै निर्णय नभएको उहाँले बताउनुभयो ।

के के सेवा खोल्नेबारे भोलि मन्त्रिपरिषद्को बैठकमा लगिने छ तर अहिले नै विद्यालयदेखि सबै सेवा खोल्ने भन्ने निर्णय भयो भन्ने समाचार सार्वजनिक भएको छ त्यो सत्य होइन उहाँले स्पस्ट गर्नुभयो । गोरखापत्र दैनिकबाट …………….

प्रतिकृया दिनुहोस्