RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/२१ गते
५३४ पटक

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ।

गत २४ घन्टामा ४ हजार ५ सय ५१ पीसीआर परीक्षण गरिएकोमा ५ सय २२ जनामा संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ५७८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५५ हजार ६६६ पुगेको छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९३ पुगेको छ।हाल देशभर ५ हजार २ सय २५ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिकृया दिनुहोस्