RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/२२ गते
६०७ पटक

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मर्निङवाक वा घर बाहिर गएर शारीरिक व्यायाम नगर्न आग्रह गरेको छ। मन्त्रालयले केही दिनदेखि मौसममा परिवर्तन आएसँगै वायु प्रदुषण बढीरहेकाले घरबाहिर निस्कन र मर्निङवाक केही दिनका लागि रोक्न आग्रह गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘मर्निङवाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने केही दिनका लागि रोकौं, घर बाहिर ननिस्कौं निस्कनै पर्ने अवस्था भए मास्कको अनिवार्य प्रयोग गरौं।’

मन्त्रालयले फोहोर नचलाउन र अत्यावश्यक नभई सवारी साधनहरू नचलाउनसमेत भनेको छ । सोमबार र मंगलबार वायुको गुणस्तर ४०० एक्युआई भन्दामाथि पुगेको थियो।

प्रतिकृया दिनुहोस्