RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/२४ गते
१२९३ पटक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार धनगढी जाने भएका छन् । ओलीले त्यहाँ आफू निकटका कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्नेछन् ।

प्रतिनिधि सभा विघटन गरेपछि ओली पहिलो पटक काठमाडौं बाहिरको कार्यक्रममा सरिसक हुन लागेका हुन् । जनसभा सफल पार्न संघीय सरकारका चार जना मन्त्रीहरु केही दिन अघिदेखि नै धनगढीमा खटिएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, वन तथा वातावरणमन्त्री प्रेम आले र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना जनसभाको तयारीका लागि खटिएका हुन् ।

प्रधानमन्त्री सहभागी हुने कार्यक्रमको सुरक्षाका लागि धनगढीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रधानमन्त्रीको सवारीलाई मध्यनजर गरेर त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलले जनाएको छ ।

कार्यालयका प्रबक्ता एसएसपी मुकेशकुमार सिंहका अनुसार प्रधानमन्त्रीको भ्रमणका क्रममा करिब ८ सय प्रहरी परिचालन गरिने छ । ‘सबै सुरक्षा निकायबीच समन्यव गरि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरीका साथै सेना र सशस्त्र प्रहरी पनि सुरक्षामा खटिने छन्’,

पार्टी विभाजनपछि सुदूरपश्चिममा ओली समूह कमजोर छ । नेकपाका ३९ जना सांसद मध्ये ओली समूहमा मात्रै ७ जना छन् ।
यसैकारण ओलीले प्रतिनिधि सभा विघटनपछि गरेका मन्त्रिमण्डल विस्तारमा ३ मन्त्री बनाएका छन् ।

जहाँ, लेखराज भट्ट पहिल्यै मन्त्री नै थिए । उनीसँग अहिले क्याबिनेट मन्त्रीमा सुदूरका ४ जना छन् । आजको जनसभामा ५० हजार जनता उतार्ने नेकपा सुदूरपश्चिम (ओली समूह) को तयारी छ ।

प्रतिकृया दिनुहोस्