RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/२५ गते
४९३ पटक

सरकारले सबै अस्पतालहरूलाई कोभिडसँग सम्बन्धित र गैरकोभिड उपचार सेवा प्रदान गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार भएको प्रेस ब्रिफिङमा कोभिड अस्पतालले कोभिड उपचारसँगै गैरकोभिड सेवा दिन भनिएको जानकारी दिए । त्यसैगरी, नन्काेभिड अस्पतालहरूले पनि गैरकोभिड सेवा प्रदान गर्न निर्देशन दिएको बताए ।

त्यसैगरी, खोप उच्चस्तरीय अनुगमन समिति गठन गरिएको पनि उनले जानकारी दिए । यसैबीच, पछिल्लो २४ घन्टा अवधिमा चार सय नाैजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस अधिमा निको ४ सय ९५ जनामा कोरोना निको भएको मन्त्रालयले जनाएको छ । साथै यही पछिल्लो २४ घण्टाको अवधिमा थप ६ जनाको निधन भएको छ । योसँगे हालसम्म कोरोना संक्रमणबाट कुल निधन हुनेको संख्या १८ सय ९९ पुगेको छ ।

हालसम्म देशमा दुई लाख ६३ हजार एक सय ९३ जनामा कोरोना संक्रमण भएको छ । त्यसमध्ये दुई लाख ५६ हजार एक सय ६१ जना संक्रमणमुक्त भएका छन् । यो दर ९७.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल १ सय ९७ जना आइसियूमा उपचाररत रहेका छन् भने ३० जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको भनाइ छ । प्रवक्ता गौतमले वायु प्रदूषणले श्वास–प्रश्वासमा कठिनाइ पार्ने भएकाले घरबाहिर निस्केर शारीरिक अभ्यास नगर्न आग्रह गरे ।

 

प्रतिकृया दिनुहोस्