RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/२७ गते
७६८ पटक

काठमाडौँ – पूर्व, मध्य तथा पश्चिमका केही भागमा आंशिक बदली भइ देशका अरु क्षेत्रको मौसम सोमबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसमविदले बताएका छन्।

हाल प्रदेश १ र प्रदेश २ का केही क्षेत्रमा आंशिक बदली भएको छ।

सोमबार दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ।

यसैगरि राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ। प्रदेश १ र प्रदेश २ का एक–दुई स्थाानमा हल्का वर्षाको सम्भावाना रहेको मौसमविदले बताएका छन्। देशका अरु क्षेत्रमा राति मौसम सामान्यतया सफा रहनेछ।

यसैबिच देशको विभिन्न भू–भागमा बिहानको न्यूनतम तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केही भू–भागमा बिहानको समयमा हुस्सु–कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्