RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/१ गते
६६८ पटक

माघ १ गतेदेखि  राष्ट्र बैंकले पुस २३ गते नै भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेसँगै आजदेखि अन्य बैंकको एटिएम प्रयोग गर्दा शुल्क लाग्ने भएको हो।

यद्यपि महिनामा दुई पटक मात्रै प्रयोग गर्दा भने नि:शुल्क गर्नु पर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ। दुई पटकभन्दा बढी कारोबारमा प्रति कारोबार २० रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

राष्ट्र बैंकले निर्देशन नै जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन नपाउने व्यवस्था गरेको थियो।

आज निर्देशन जारी गर्दै शुल्कको अधिकतम सीमा प्रति कारोबार २० रुपैयाँ समेत राष्ट्र बैंकले तोकि दिएको हो । यसअघि अधिकतम शुल्क तोकिएको थिएन।

 

प्रतिकृया दिनुहोस्