RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/२ गते
५१२ पटक

काठमाडौं : काठमाडौंसहित तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेर भिजिबिलिटी कम भएपछि  विहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको छ।

विमानस्थल कार्यालयका अनुसार विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत विमानस्थलमा आन्तरिकतर्फका सबै उडान रोकिएका छन्।

केहि दिनयता भिजिविलिटी कम हुँदा आन्तरिक उडान अवतरण तोकिएको समय तालिका भन्दा निकै ढिला हुँदै आएका छन्। उडान अवतरण डिले र अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको छ। अन्तर्राष्ट्रिय उडानलाई भने भिजिविलटीको असर नपरेको विमानस्थल कार्यलयले जनाएको छ।

काठमाडौं उपत्यकाको मौसम पनि विहानै देखि पूर्ण बदली भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान जनाएको छ।

उपत्यकामा आज दिनभर नै आकास धुम्म हुनेछ भने एक÷दुई स्थानमा हल्का वर्षा समेत हुने  उनको भनाइ छ। तराईका धेरैजसो स्थानमा पनि दिनभर नै बदली रहनेछ।

यस्तै प्रदेश नम्बर एकका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। दक्षिण पूर्वी अरब सागरमा बनेको न्युन चापीय क्षेत्र र पूर्वी बिहारमा बनेको न्युन चापीय क्षेत्रको  प्रभावका कारण आज देशका अधिकांश भेगको मौसम बदली भई केहि स्थानमा हिमपात र वर्षा हुन लागेको महाशाखाले जनाएको छ।

प्रतिकृया दिनुहोस्