RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/५ गते
५०३ पटक

सोलुखुम्बु, माघ ५ गते । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ११ बरडाँडा र नेचासल्यान गाउँपालिकाको सीमानाको महादेव भीरमा भएको गाडी दुर्घटना हँुदो तीन जनाको मृत्यु भएको छ ।

आइतबार राती करिब साढे ११ बजे बा ४ ख ७९८० नम्बरको आइचर (टिपर) दुर्घटना हुँदा ज्यान गुमाउनेहरुमा ३३ बर्षिय चालक कमल मगर, हेटौडाका अन्दाजी २३ बर्षका रामकुमार मगर, सप्तरीका १९ बर्षिय कृष्ण चौधरी रहेका छन् । चालक मगरको ठेगाना खुलेको छैन् ।

हेटौडाका २३ बर्षिय रमेश मगर गम्भिर घाइते हुनु भएको छ । उहाँलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको छ । सो जीप सडकबाट करिब ३ सय मिटर तल खसेको स्थानीय दिपेन्द्र पराजुलीले जानकारी दिनुभयो । दुर्घटनाग्रस्त आइचर ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत आयोजनो निर्माणमा प्रयोगमा रहेको खुल्न आएको छ ।

२३.५ मेगावाटको अपर सोलु जलविद्युत आयोजनमा निर्माण प्रयोग भएका सामाग्री निमाणाधीन सोलु खोला दूधकोशी जलविद्युत आयोजनामा लैजाने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्