RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/११ गते
४८७ पटक

काठमाडौं । बेलायतको कम्पनी एस्ट्राजेनिकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने जनाएको छ ।

युरोपका विभिन्न स्थानमा फाइजर र बायोएनटेकले वाचा गरे अनुसार आपूर्ति नगरेपछि खोप कार्यक्रम प्रभावित भएको हो । अक्सफोर्डसँगको सहकार्यमा खोप विकास गरेको एस्ट्राजेनिकाको खोपलाई हालसम्म ईयूको नियामक निकायले स्वीकृत गरिसकेको छैन ।

यसै कारण जर्मनीको सबैभन्दा धेरै जनसंख्या भएको राज्य र इटालीका कयौँ क्षेत्रमा खोपको पहिलो मात्रा दिने काम नै रोकिएको छ ।म्यड्रिडमा स्वास्थ्यकर्मीलाई खोप दिन समेत बन्द गरिएको छ । गत साता फाइजरले आउँदा केही साताका लागि खोपको आपूर्ति ढिलो हुने जनाएको थियो । ईयूले फाइजरबाट मात्र ६० करोड मात्रा खोप मगाएको थियो ।

इटली र पोल्यान्डले उत्पादन घटाएकोमा दुःख व्यक्त गर्दै यसको कानुनी उपचार खोज्ने बताएका छन् । युरोपेली आयोगले पनि स्वीकृत भइसकेका कोरोनाभाइरसको खोपको आपूर्तिमा भइरहेको ढिलाइका विषयमा फाइजरसँग स्पष्टीकरण सोध्ने बताएको छ ।

 

प्रतिकृया दिनुहोस्