RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/११ गते
५५६ पटक

काठमाडौं : पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदुर-पश्चिम, गण्डकी, बाग्मति र प्रदेश नं. १ को पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको छ।

शुक्रबार राती सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश नं. १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

शनिबार दिउँसो सुदुर-पश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा  प्रदेश नं. १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम प्रदेशको पहाडी भूभागका एक /दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राती सुदुर-पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा  प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागका एक /दुई स्थानमा हल्का बर्षाको सम्भावना छ।

आइतबार दिउँसो देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। सुदुर पश्चिम र प्रदेश न. १ को पहाडी भूभागका एक /दुई स्थानमा हल्का बर्षाको सम्भावना छ।

राती देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाले उच्च हिमाली भु-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केहि स्थानहरुमा बिहानीपख हुस्सु्/कुहिरोसमेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्