RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/१६ गते
५६३ पटक

कोरोना भाइरसले कष्टकर बनेको नेपाली जनजीवन केही सहज हुँदैछ । जनजीवनले कोरोना भाइरसलाई सहज अनुभूति गर्न थाले पनि अर्थतन्त्रले भने त्यस्तो अनुभव गर्न सकेको छैन ।

परिस्थिति केही सहज बन्न खोजेको हो कि भन्ने मात्रै देखिएको छ, तर हामी पूर्ण रूपमा आर्थिक गतिविधिमा फर्किन सकेका छैनौँ । अहिलेको अवस्थामा आधा मात्रै उद्योगहरू चल्न सकेका छन् भने चलेका उद्योगहरू पनि विगतको तुलनामा जान सकेका छैनन् ।

औद्योगिक उत्पादन यतिबेला खुम्चिएको अवस्था छ भने यसको समग्र असर अर्थतन्त्रमा त देखिने नै भयो । कोरोनाको प्रभावसँगै लजिस्टिकमा समस्या विकराल बन्दै गएको छ । ‘सी पोर्ट’ देखि ढुवानीको समस्या नेपाल आयातकर्ताले बेहोरेका छन् । अर्कातर्फ उद्योगलाई चाहिने कच्चा पदार्थ यतिबेला अन्तर्राष्ट्रिय बजारमै उद्योगहरू पूर्ण रूपमा सञ्चालन हुन नसक्दा त्यसको प्रभाव नेपाली बजारमा देखिएको छ ।

अमेरिकी डलरको मूल्य वृद्धि, कच्चा पदार्थ आपूर्तिमा समस्या, लजिस्टिकमा समस्याका कारण कोभिडपश्चात् नेपाली बजार अप्ठेरो अवस्थामा छ । नेपाली उद्योगी–व्यापारीले भाउ बढायो भनिन्छ, तर यसको प्रभाव भने बाहिरी बजारले असर पार्ने गरेको हुन्छ । यी सबैका बाबजुद पनि उद्योगी–व्यवसायीले कोरोना कहरमा राहत अनुभव गरेको बैंकका ब्याजदर केही कम भएर हो ।

अन्य समयमा १४÷१५ प्रतिशतसम्मको ब्याजदर खेप्नुपरेकोमा अहिले भने ७÷८ प्रतिशतमा कर्जा पाउन सकिएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत दिने भनेका राहत प्याकेज अहिलेसम्म उद्योगी–व्यवसायीले अनुभव गर्न पाएका छैनन् । नीतिगत रूपमा भएका व्यवस्थालाई कार्यान्वयन तदनुसार नै भएको भए अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने थियो ।

हामीले निजी क्षेत्रका तर्फबाट राष्ट्र बैंकलाई ध्यान आकर्षण गराएका छौँ, तर कार्यान्वयन भने भएको छैन । अब उद्योग–व्यवसायलाई पहिलेकै अवस्थामा फर्काउनका लागि सरकार, श्रमिक, सरोकारवालापक्ष सबैले सहयोग गर्नुपर्छ । सरकारले पुँजीगत खर्च नगर्दा आर्थिक गतिवधि हुन सकेको छैन ।

निर्माणसँग सरोकार राख्ने उत्पादक, वितरक तथा व्यवसायीको काम ठप्प छ । सरकारले पुँजीगत खर्च बढाउने हो भने पनि बजारमा त्यसले छुट्टै खालको सन्देश जान सक्छ । कोरोनाले प्रभाव नपारेको कुनै पनि क्षेत्र छैन, कुनैमा बढी प्रभाव प¥यो भने कुनैमा सरकारले अनुभव गर्न सक्ने गरी राहत पनि दियो । अब उत्पादनमूलक उद्योगलाई प्रवद्र्धन गरेर आयात प्रतिस्थापन गर्ने र आन्तरिक खपत पूरा गर्ने सम्बन्धमा ध्यान जानु जरुरी छ । कोरोनाले हामीलाई अप्ठेरो अवस्था सिर्जना मात्रै गरेर केही कुरा सिकाएर पनि गएको छ ।

कारोबार दैनिकबाट……..

प्रतिकृया दिनुहोस्