RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/१६ गते
६१८ पटक

प्रधानमन्त्री केपी शर्मा ओलीले माघ २३ मा काठमाडौं र २९ मा बुटवलबाट जनसभा गरेर आफ्नो शक्ति दुनियालाई देखाउने बताउनुभएको छ । काठमाडौं महानगर कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अबका जनसभाहरू चुनावी अभियानका रुपमा लैजाने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हिजो बुटवलमा पाँचरसात हजार मान्छे जम्मा गरेर खुट्टा बजारेछन् । वास्तविक आमसभा हामी बुटवलमा २८ गते गर्छौं । हामीलाई त्यो ठाउँ सानो हुन्छ, ठूला ठाउँ खोजेर लाखौं जनताको बीचमा सभा गर्छौं । त्यसपछि उनीहरूले खुट्टा बजारेको बेकार रहेछ भन्नेछन् ।’

उहाँले २३ गते काठमाडौंले चुनावको लागि देशलाई जुरुक्कै उठाउनुपर्ने भन्दै त्यसको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

प्रतिकृया दिनुहोस्