RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/१७ गते
५३२ पटक

कर्णालीका ६ जिल्लामा कोरोना संक्रमितको संख्या शुन्यमा झरेको छ । कर्णालीका १० जिल्लामध्ये रुकुमपश्चिम, जुम्ला, कालिकोट, हुम्ला, मुगु र डोल्पा जिल्ला कोरोना संक्रमितको संख्या शुन्यमा झरेको हो ।

रुकुम पश्चिममा २५७, जुम्लामा ४१३, कालिकोटमा ३३१, हुम्लामा ५९, मुगुमा ४१ र डोल्पामा ४४ जनामा कोरोना संक्रमित भेटिएको  र ती सबैमा कोरोना संक्रमण निको भएर डिस्चार्ज भएको कर्णाली प्रदेश सामाजिक मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

कर्णालीमा आरटि पिसिआर विधिबाट ९७ हजार १९ जनाको कोरोना परीक्षण गरिएको र त्यसमध्ये सात हजार पाँच सय ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज हुनेको संख्या सात हजार दुई ८३ रहेको छ । हाल कर्णालीका चार जिल्ला सुर्खेत, दैलेख, सल्यान र जाजरकोटका कोरोना संक्रिय संक्रमित बिरामीको संख्या ४८ जना रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्