RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/१७ गते
११३९ पटक

चितवन, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अलग भएर हिडनुभएका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डको गृहजिल्ला चितवनका जनता प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा स्पष्ट रुपमा खडा भएका छन ।

प्रधानमन्त्री ओलीलाई प्रमुख अतिथि बनाएर नेकपा चतिवनले आज आयोजना गरेको जनसभामा उपस्थित भएर चितवनवासीले आफूहरु प्रचण्ड र माधवकुमार नेपाल समुहको बिपक्षमा रहेको प्रष्ट सन्देश दिएका हुन ।

आजको जनसभामा मानवसागर नै उर्लिएको तस्विरले देखाएको छ । नेकपाले प्रचण्ड माधव समुहको षडयन्त्रबारे जानकारी दिन आज सभाको आयोजना गरेको थियो । जिल्लासभाका रुपमा आयोजित कार्यक्रममा मानवसागर नै उर्लिएको छ ।

प्रतिकृया दिनुहोस्