RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/१७ गते
१०१८ पटक

यो आर्थिक वर्षको पहिलो छ महिनामा १७ वाणिज्य बैंकहरूको नाफा गत वर्षको सोही अवधिको तुलनामा खस्किएको छ। दस वटा बैंकको भने नाफा बढेको देखिन्छ।

समग्रमा २७ वाणिज्य बैंकले साउनदेखि पुस मसान्तसम्म ३१ अर्ब ७ करोड रूपैयाँ खुद नाफा कमाएका छन्। गत वर्षको यस अवधिमा ३२ अर्ब २० करोड कमाएका थिए। यो नाफा कर छुट्याइसकेपछिको हो।

नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा सानिमा बैंकका सिइओ भुवनकुमार दाहालले मर्जमा गएकाको नाफा बृद्धि देखिए पनि अरू धेरैको घटेको बताए।

नियमित रूपमा ऋणीबाट ब्याज र साँवा रकम उठ्न नसकेमा बैंकहरूले सोवापत समयावधिअनुसार ५ देखि शत प्रतिशतसम्म प्रोभिजन (छुट्टै व्यवस्थापन) गर्नुपर्छ। कोरोनाका कारण कतिपयले नियमित साँवा र ब्याज रकम तिर्न सकेका छैनन्।

यसको अर्थ संकलित निक्षेप र मूल पुँजीको योगफलमा ८५ प्रतिशतसम्म बैंकहरूले कर्जा प्रवाह गर्न सक्छन्। अहिले तोकिएको अधिकतम सीमाभन्दा ११ प्रतिशत कम छ। रकम थन्किनुभन्दा सस्तो ब्याजमै ऋण दिन बैंकहरूबीच प्रतिस्पर्धा छ।

हाल यस्तो दर औसतमा ४.० प्रतिशत छ, जबकि गत वर्षको यस अवधिमा ५.० प्रतिशत थियो। बैंकहरूले बचतकर्तालाई दिने ब्याज र ऋणीबाट लिने ब्याजको औसत दर नै स्प्रेड दर हो। यो दर नै बैंकहरूको आम्दानी हो।

‘राष्ट्र बैंकले नै स्प्रेड दरको अधिकतम सीमा घटाउँदै लगेको छ,’ श्रेष्ठले भने। यस्तो दर सबै वाणिज्य बैंकले ४.४ प्रतिशतको सीमाभित्र राख्नुपर्ने व्यवस्था छ।

हाल रकम थन्किँदा बैंकहरूले आधार दरमा ०.५ प्रतिशतभन्दा कम प्रिमियम दर तोकेर ऋण दिइरहेको श्रेष्ठले बताए, ‘रकम थन्किँदा प्रतिस्पर्धा हुन गयो। आधार दरमै ऋण दिनुपर्ने अवस्था छ। अनि नाफा त घट्ने नै भयो।’

गत वर्ष पुस मसान्तसम्म राष्ट्रिय वाणिज्यले सबभन्दा धेरै, २ अर्ब २० करोड खुद नाफा कमाएको थियो। यो वर्ष उसको नाफा १ अर्ब ७५ करोडमा खुम्चिएको छ।

ग्लोबल आइएमईले ६ महिनामा सबभन्दा धेरै, २ अर्ब ३१ करोड रूपैयाँ नाफा कमाएको छ। तत्कालीन जनता बैंकलाई गाभेकाले ग्लोबल आइएमईको नाफा उच्चदरले बढेको देखिन्छ।

प्रभु, सिटिजन्स, नेपाल बंगलादेशले भने वास्तविक रूपमै नाफा बढाएका छन्। सनराइज र एनआइसी एसियाको नाफा पनि सामान्य बढेको छ।

एभरेष्ट, हिमालयन, एसबिआई, सिद्धार्थ र स्टान्डर्ड चार्टडजस्ता बलिया बैंक ‘अर्ब क्लब’बाट बाहिरिएका छन् भने मेगा र कुमारी समाहित भएका छन्।

प्रतिकृया दिनुहोस्