
बिश्व स्थास्थ्य संगठनले कोरोना भाइरस उत्पत्तिको कारण पत्ता लगाएको छ । कोरोना भाइरस संक्रमण सुरु भएको चीनको वुहानमा स्थलगत भ्रमणपछि बिश्व स्वास्थ्य संगठनको टोलीले त्यहाँको सामुद्रिक खाना राखिएको बजारमा कोरोना (कोभिड–१९) को संक्रमण फैलिएको बताएको हो ।
विश्व स्वास्थ्य संगठनका विशेषज्ञ अधिकारीहरुले चीनको वुहानमा पुगेर गरेको अनुसन्धानबाट यो देखिएको जनाएका छन । कोभिड भने अन्यत्र कतै उत्पत्ति भएको तर त्यही सामुद्रिक खाना तथा तरकारीहरुको बजारबाट यो विस्तार भएको अुनमान गरिएको विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले दिएको प्राप्त अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन । चीनको वुहानमा यो संक्रमण फैलिएको देखिएको हो । त्यस विषयमा अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनले पहिल्यैदेखि चीन जान खोजेकोमा चीन सरकारले दिएको थिएन ।
हालै उनीहरुले सो क्षेत्रमा पुगेर अनुसन्धान गरेका थिए । त्यसक्रममा गरिएको अनुसन्धानबाट कोभिड यहाँको सामुद्रिक खानाहरुको बजारबाट विस्तार भएको पाइएको बताएका छन । तर पनि यो संक्रमण भने अन्यत्र कतै देखिएको ती विज्ञहरुले बताएका छन । उनीहरुले कोभिड १९ को भाइरस कहाँबाट उत्पत्ति भएको हो भन्ने बारेमा अनुसन्धान गरिरहेको बताएका छन ।
विश्व स्वास्थ्य संगठनको टिमले वुहान सहरमा रहेको वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको अध्ययन गरेका थिए । उनीहरुले सो संस्थाको ल्याबको पनि अनुसन्धान गरेका थिए । बिश्व स्वास्थ्य संगठनको टोलीले लामो अनुसन्धानपछि यस्तो बताएको हो ।