RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/२८ गते
५२८ पटक

काठमाडौं :  आजभोलि राजधानीमा दिनहुँजसो हुने विरोध जुलुस तथा प्रदर्शनले सर्वसाधारणलाई सास्ती हुने गरेको छ। कहिले सरकारी नेकपा त कहिले विरोधी नेकपाले गर्ने जुलुस तथा प्रदर्शनको सिकार राजधानीबासी भएका छन्। सवारी व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई निकै सकस हुने गरेको छ।

बुधबारमा नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले राजधानीमा आयोजना गरेको शक्ति प्रदर्शनले सहरको यातयात दिनभर नै अस्तव्यस्त रह्‍यो।

चक्रपथ मात्र होइन, भित्री मूल सडकमा पनि निरन्तर जाम हुँदा सर्वसाधारणलाई सास्ती भएको थियो।तीनकुनेदेखि बबरमहलसम्मको मूल सडकमै  प्रदर्शनकारी ओसार्ने गाडीहरू पार्क गरेर राखिएकोले पनि सवारी अस्तव्यस्त भएको थियो।

राजधानी बाहिरका विभिन्न जिल्लाबाट प्रदर्शनमा सहभागी हुन आएका नागरिक ओसार्ने बसहरू मूल सडकमै राख्दा थप समस्या भएको हो। गत माघ २३ गते प्रधानमन्‍त्री केपी ओली नेतृत्वको नेकपाले शक्ति प्रदर्शन गर्दा पनि राजधानीका सडकमा यस्तै सकस भएको थियो।

अन्नपुर्ण पोष्ट दैनिक……….

प्रतिकृया दिनुहोस्