RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/२९ गते
४६० पटक

नेपाल आयल निगमले पेट्रोल, डिजेल र ग्यासको मूल्य बढाएको छ । ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाइएको छ । बुधबारको निर्णयअनुसार आयल निगमले ग्यासमा हाल कायम १ हजार ३ सय ७५ रुपैयाँलाई बढाएर १४ सय रुपैयाँ पु-याएको हो ।

यसैगरी निगमले पेट्रोल÷डिजेल÷मटीतेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँले वृद्धि गरेको छ । बिहीबारदेखि लागू भएको सो नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य ११२ रुपैयाँ तथा डिजेल र मटीतेलको मूल्य ९५ रुपैयाँ पुगेको छ । निगमका अनुसार हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।

प्रतिकृया दिनुहोस्