पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई फेरि केपी शर्मा ओली समूहमा फर्किएका छन् ।
‘हो, हामी फर्कियौं,’ उनले भनि्न,’प्रचण्ड-माधव समूहमा सही व्यवस्थापन हुने नदेखिएपछि फर्किएका हौं ।’नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि सुरुमा तामाङ दम्पती ओली समूहका बैठकमा सहभागी भए पनि केही दिनमै प्रचण्ड-माधव समूहमा फर्किएका थिए ।
तामाङ चुनावमा सिन्धुपाल्चोक-२ बाट निर्वाचित तामाङ नेकपाको केन्द्रीय सदस्य हुन् ।