RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/८ गते
६४९ पटक

ओली समूहले विराटनगरमा शनिबार आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै थापाले अवसरवादी र प्रतिक्रियावादीको प्रयास सफल नहुने दाबी गरे ।

प्रतिनिधिसभा विघटन प्रतिगामी कदम भनेर पनि भ्रम फैलाइएको उनले बताए । जनतामा जानु लोकतान्त्रिक कदम भएको उनको जिकिर छ ।

थापाले देशलाई अस्थिरतातिर धकेल्ने षड्यन्त्र भएको उनले बताए । बाह्य नभई आन्तरिक शक्तिले नै अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र गरिरहेको दाबी गरे ।

अवसरवादी, फुटवादी र गुटवादीहरूले असामान्य परिस्थिति सिर्जना गरेको थापाको दाबी छ । देशको विकासलाई कसरी अवरुद्ध गर्ने भन्नेमा लागेका प्रतिगामीहरू अहिले उत्साहित भएको थापाको जिकिर छ ।

थापाले जनता अस्थिरताको विरुद्धमा र लोकतन्त्रको रक्षाका निम्ति एकताबद्ध भएको बताए । उनले राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाभिमानका निम्ति नेपाली जनता लामबद्ध भएको बताए ।

देश द्रुत गतिमा समाजवाद र समृद्धिको दिशातर्फ अगाडि बढेको थापाले दाबी गरे । तीन वर्षको कार्यकालमा सुशासनलाई सुदृढ गर्ने काम सफलतापूर्वक गरेको पनि थापाले जिकिर गरे ।

प्रतिकृया दिनुहोस्